site stats
बाह्रखरी :: Baahrakhari
देश
एक दिनपछि स्तनपान सुरु गराउँदा २.४ प्रतिशतका दरले शिशुको मृत्यु

काठमाडौं । आमाले एक दिनपछि स्तनपान सुरु गराउँदा २.४ प्रतिशतका दरले शिशुको मृत्यु हुने गरेको पाइएको छ । ६ महिनासम्म आमाले दूध मात्र खुवाए तथा उचित पूरक आहार पाए २० प्रतिशतसम्म बाल मृत्युदर घटाउन सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

शिशुले २४ घण्टामा ६ देखि आठपटक पिसाब फेरे स्तनपान पुगिरहेको भन्ने बुझिन्छ । यस्तै, २४ घण्टामा तीनदेखि आठपटकसम्म नरम दिशा गरे र दैनिक १८ देखि ३० ग्राम तौल वृद्धि भए शिशुलाई स्तनपान पुगिरहेको भन्न सकिने विज्ञले बताएका छन् ।

आमाको सट्टा कृत्रिम दूध प्रयोग गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या दोहोरिरहने, कुपोषण, भिटामिन ‘ए’को कमी हुनेजस्ता समस्या देखिने गरेको छ ।

यस्तै, दीर्घरोगको जोखिम बढ्ने, मोटोपना र बौद्धिक जाँच वा परीक्षामा पनि कम अंक हासिल गर्दै जानेजस्ता समस्या हुने विज्ञको भनाइ छ ।

७५३ वटै स्थानीय तहमा स्तनपान कक्ष स्थापनाका निम्ति बजेट विनियोजन गरिए पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्