site stats
बाह्रखरी :: Baahrakhari
देश
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति (साउन २१) फलामले लागेर एक क्रेन अपरेटरको मृत्यु भएको छ । क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारतको उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्