site stats
बाह्रखरी :: Baahrakhari
खेल
सातदोबाटोविरुद्ध फ्रेन्ड्सको सानदार जित

काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध सानदार जित निकालेको छ । बिहीबार (साउन २२) सातदोबाटोस्थित एन्फा मुख्यालयमा फ्रेन्ड्सले ७–२ को फराकिलो विजय हासिल गरेको हो ।

फ्रेन्ड्सको जितमा सोजन विक र समीप रमौलीमगरले ह्याट्रिक पूरा गरे । अनिश विटालु रोकाले एक गोल थपे । सातदोबाटोका अपिल धिमालले दुई गोल फर्काए ।

खेलको १५औँ मिनेटमा सोजनले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । १४औँ मिनेटमा समीपले अग्रता दोब्बर बनाए । त्यसको एक मिनेटपछि सोजनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० मा पुर्‍याए । ४५औँ मिनेटमा समीपले दोस्रो गोल गर्दा फ्रेन्ड्स ४–० ले अगाडि थियो ।

४८औँ मिनेटमा सातदोबाटोका अपिलले एक गोल फर्काए । ४९औँ मिनेटमा फ्रेन्ड्सका अनिशले एक गोल थपे । 

७६औँ मिनेटमा सातदोबाटोका अपिलले अर्को गोल गरे । ९८औँ मिनेटमा समीपले र इन्ज्युरी समयमा सोजनले ह्याट्रिक पूरा गरेपछि फ्रेन्ड्सले ७–२ को जित पक्का गर्‍यो ।

जितसँगै फ्रेन्ड्सले लिगमा २५ अंक जोडेको छ । फ्रेन्ड्सले १२ खेल खेल्दा आठ जित, एक बराबरी र तीन हार व्यहोरेको छ । पराजित सातादोबाटो हालसम्म अंकविहीन छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्