साहित्य
अमर अधिकारी
परिवर्तनको आगो बाल्छु भन्छिन् उनी
प्रभावकारी कदम चाल्छु भन्छिन् उनी
मासिक रजस्वला वार्षिक हुनुपर्छ भन्दै
भगवान्विरुद्ध मुद्दा हाल्छु भन्छिन् उनी ।
०००
धर्मको आडमा ठगी गर्नेलाई कसले छुन्छ यहाँ
ठगिने भक्त न ठगिएँ भन्छ न त रुन्छ यहाँ
नेताको संरक्षणमा सलबलाउने बलात्कारी अनि
हत्यारा सन्तको पनि जयजयकार हुन्छ यहाँ ।
०००
पिज्जा अनि बर्गरमा पल्किसकेको छ ऊ
विकासे जीवनशैलीमा ढल्किसकेको छ ऊ
भित्रभित्रै ज्यान बिग्रिएको थाहा छैन अनि
बाहिरी रूपमा टल्किसकेको छ ऊ ।
(बूढानीलकण्ठ, काठमाडौं)
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्