देश
बाजुरा । बाजुराको बूढीनन्दा मन्दिर दर्शन गरेर घर फर्कने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९, उखाडीका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् ।
मन्दिर दर्शन गरी फर्कने क्रममा हराएका उनलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकको गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिप्रका बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
शुक्रबार (साउन २३) बेलुका ५ः३० बजे बूढीनन्दाबाट फर्किएर उनी चुडेपानी बरडाँडामा आएका थिए । त्यहाँबाट फेरि बूढीनन्दातर्फ लागेकाले उनको खोजीका निम्ति प्रहरी परिचालन गरिएको थियो । रासस
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ १४:४३
प्रतिक्रिया दिनुहोस्