site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलको दोस्रो संस्करण : अक्सनमा थपिए १४ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा १४ खेलाडी थपिएका छन् ।

अक्सनमा कुल तीन क्याटागोरी छन् । क्याटागोरी ‘ए’मा नौ, ‘बी’मा ३७ र ‘सी’मा ११८ जना छन् । क्यानले यसअघि अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । त्यसमा १४ खेलाडी थपिएका हुन् ।

अक्सन शनिबार (साउन २४) दिउँसो ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको हो । यस दिन प्रतियोगिताका कुल आठ टिमका निम्ति ३८ स्लट बाँकी छन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो नोभेम्बरमा आयोजना गर्ने गरी यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा राखेको छ । तर, हालसम्म यकिन मिति सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्