site stats
बाह्रखरी :: Baahrakhari
देश
पशुपति क्षेत्रमा प्रहरीको ‘स्विप अपरेसन’, ४१ जना शकांस्पद व्यक्ति नियन्त्रणमा

काठमाडौं । प्रहरीले पशुपति क्षेत्रबाट ४१ जना शंकास्पद व्यक्तिलाई पक्राउ लिएको छ । मन्दिर आसपास शंकास्पद गतिविधि गरिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भोलि (साउन २६ गते) साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा भक्तजनको भिडभाड हुने र पकेटमार सक्रिय हुने भएकाले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीका अनुसार, पटकपटक पकेटमारी र चोरीको कसुरमा पक्राउ पर्दै छुट्दै आएका तथा शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूलाई पक्राउ गर्न ‘स्विप अपरेसन’ नै चलाएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्