site stats
बाह्रखरी :: Baahrakhari
देश
भेरी करिडोर डेढ महिनादेखि अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६, रिजिगारमा पर्ने जाजरकोट डोल्पा भेरी करिडोर डेढ महिनादेखि अवरुद्ध छ । गत असार ९ गतेदेखि अवरुद्ध सडकखण्ड अझै खुल्न सकेको छैन । 

योसँगै विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, कोदारीस्थित अरनिको राजमार्ग साउन १८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । यस्तै, संखुवासभाको भोटेखोला गाउँपालिका–४, बरुणस्थित कोसी राजमार्ग गत जेठ ६ गतेदेखि अवरुद्ध छ । 

रसुवाका नेपाल–चीन नाका जोड्ने पुल, पासाङल्हामु सडकखण्ड र गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु जाने सडक पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

arf-1754826917.jpg
 

 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्