site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–२० नेपाली महिला फुटबल टिम स्वदेश फिर्ता

काठमाडौं । भुटानमा आयोजित एएफसी महिला यू–२० एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली टिम स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार (साउन २६) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो ।

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहलगायत पदाधिकारीले विमानस्थलमा स्वागत गरे ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेलमध्ये एकमा मात्र जित निकालेको थियो । चार अंकसहित तालिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएसँगै नेपाल आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा छनोट हुन असफल बन्यो ।

नेपालले समूह चरणमा साउदी अरेबियालाई १–० ले हराएको थियो । नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११–० को हार व्यहोरेको थियो ।

यो समूहबाट सबै खेलमा जित निकालेको उत्तर कोरिया एएफसी एसियन कपमा छनोट भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्