देश
काठमाडौं । इलाममा मंगलबार दिउँसो मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा इलामस्थित बर्फल्याङ्ग वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
"साउन २७ गते, दिउँसो ४:१० बजे । पछिल्लो ३ घण्टामा इलामस्थित बर्फल्याङ्ग वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ," विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १६:२१
प्रतिक्रिया दिनुहोस्