site stats
बाह्रखरी :: Baahrakhari
देश
उदयपुरमा मध्यमदेखि भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । उदयपुरमा मध्यमदेखि भारी वर्षा भएको छ । मंगलबार राति उदयपुर गडी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

"साउन २७ गते, राति ९:२० बजे । पछिल्लो १ घण्टामा उदयपुरस्थित उदयपुर गडी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ," विभागले सूचना जारी गर्दै भनेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्