site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगर बाल सुधारगृहमा झडप, एक प्रहरी घाइते

विराटनगर । विराटनगर–३ मा रहेको बाल सुधारगृहमा आज दिउँसो दुई समूहका बालकहरूबीच झडप भएको छ । झडप नियन्त्रण गर्ने क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरन कुमार मण्डल घाइते भएका छन् । 

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, झडपपछि उनी स्वयं घटनास्थलमा पुगेका थिए ।

एसपी चिमरियाले भने, “घटना हाल नियन्त्रणमा आएको छ । दुई समूहबीच विवाद भएको देखिएको छ । सुधारगृहमा रहेका बालकहरूलाई अहिलेभित्र सुरक्षित रूपमा राख्ने काम भइरहेको छ ।” 

सामान्यतया ५० जनाको क्षमता रहेको सुधारगृहमा हाल दुई सयभन्दा बढी बालक राखिएको छ । 

अदालतबाट विभिन्न कसुरमा दोषी ठहर भएका १८ वर्षमुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहहरूमा राख्ने गरिन्छ । भीडभाडका कारण व्यवस्थापनमा चुनौती बढ्दै गएको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्