देश
काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् ।
कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई मन्त्रालय तानिएको हो । कैलाली कारागारमा गएको साउन २२ गते कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो ।
कैलालीको सीडीओमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ २०:३२
प्रतिक्रिया दिनुहोस्