site stats
बाह्रखरी :: Baahrakhari
देश
कमजोर भयो मनसुनी प्रणाली, केही स्थानमा मध्यम वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली हरनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ ।  न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर हुने विभागले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०६:२५
प्रतिक्रिया दिनुहोस्