देश
काठमाडौं । काठमाडौंको विष्णुमती नदीमा शनिबार (साउन ३१) दिउँसो बाढी आएको छ । गोंगबुमा विष्णुमती खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको भन्दै विभागले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
“साउन ३१ गते, दिउँसो ३ः४५ बजे । काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२ १६:४०
प्रतिक्रिया दिनुहोस्