site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि लामिछानेलाई लगियो नक्खु कारागार, समर्थकले गरे नाराबाजी (भिडियोसहित)

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका निम्ति रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नक्खु कारागारमा स्थानान्तरण गरिएको छ । लामिछानेलाई शनिबार (साउन ३१) रुपन्देही कारागारबाट नक्खु लगिएको हो ।

लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थल र नख्खु कारागारबाहिर ठूलो संख्यामा समर्थक जम्मा भएका थिए । नक्खु कारागार पुर्‍याउँदा लामिछाने समर्थकले उनका पक्षमा नाराबाजी गरेका थिए ।

लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका निम्ति रुपन्देही कारागारमा थुनामा थिए ।

लामिछानेले नक्खु कारागारमा स्थानान्तरणका निम्ति जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिनुभएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

अदालतले अनुमति दिएको लामो समयपछि कारागार व्यवस्थापन विभागले शुक्रबार (साउन ३०) स्थानान्तरणको निर्णय गरेको थियो । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्