site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले धादिङबेँसी–मलेखु सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

मलेखु । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । वर्षासँगै नीलकण्ठ नगरपालिका–८, साँघुटारमा पहिरो खस्दा धादिङबेँसी–मलेखु सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोसँगै त्यस क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । अघिल्लो वर्षकै स्थानमा फेरि पहिरो खसेको नीलकण्ठ–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । ढुंगा र रुखसहित सडकमा पहिरो खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उनले बताए ।

धादिङबेँसीनजिक केही वर्षअघिदेखि पहिरो खस्दै आएको भए पनि नियन्त्रणको प्रयास गरिएको छैन । रासस

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्