site stats
बाह्रखरी :: Baahrakhari
देश
अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । मकवानपुरको काठमाडौं–हेटौँडाखण्डको त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–९, लामीडाँडामा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार (साउन ३०) राति ठूलो ढुंगा र रुखसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । शनिबार (साउन ३१) साँझ पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, हेटौँडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं जाने मार्गको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा शनिबार बिहान ९ः३० बजे ढुंगासहित सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पन्छाउने पहल गरिए पनि लगातार पहिरो खसिरहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्