site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो जितपछि ग्वार्डिओलाले भने– यसले धेरै महत्त्व राख्दैन

काठमाडौं । ‘सिटी इज ब्याक’ । आइतबार इंग्लिस प्रिमियर लिगअन्तर्गत सिटीले वुल्भरह्याम्पटनलाई ४–० ले पराजित गरेको खेलमा म्यानचेस्टर सिटीका समर्थकले यसरी उल्लासपवूर्क गीत गाए । 

तर, अघिल्लो सिजन लिगमा तेस्रो स्थान बनाएको सिटीका मुख्य प्रशिक्षक पेप गर्डिओलाले उक्त जितले धेरै महत्त्व नराख्ने बताए । “हाम्रो सुरुआत ठिक छ । तर, अघिल्लो सिजनभन्दा राम्रो छैन । अघिल्लो सिजन हामीले पहिलो खेलमा चेल्सीलाई २–० ले पराजित गरे पनि हामीले पछि कस्तो नतिजा व्यहोर्‍यौँ ? अघिल्लो सिजनमा पनि हामीले उत्साह र उपाधि जित्ने लगावका साथ लिग सुरु गरेका थियौँ,” गर्डिओलाले सञ्चारकर्मीसँग भने ।

उनले अगाडि भने, “यो पहिलो खेल मात्र हो । तर, धेरै खेल अझै खेल्न बाँकी छ ।”

नयाँ अनुहारसहित मैदानमा उत्रिएको सिटी यो वर्ष टोलीका चर्चित मिडफिल्डर केभिन डी ब्रुयनाबिनै उपाधि दौडमा होमिएको छ । टोलीका प्रमुख खेलाडी रोड्री चोटका कारण अझै मैदानबाहिर छन् । ज्याक ग्रिलिसले अघिल्लो साता लोनमा एभर्टनमा अनुबन्ध हुँदै क्लब छाडे । शनिबार एडर्सन मैदानमा उपस्थित थिएनन् ।

यता, क्लबले एडर्सन स्वास्थ्य समस्याका कारण मैदानमा उपस्थित नभएको जनाएको छ । तर, उनी टर्किस क्लबमा अनुबन्ध हुन लागेका अनुमान गरिएको छ ।  

यसपटकको समर अुनबन्ध ग्वार्डिओलाका निम्ति रोचक छ । पहिलो खेलमा नयाँ खेलाडीहरू तियानी रेन्डर्स र रायान चर्कीले टोलीका निम्ति गोल गरे । जेम्स ट्रफोडले सिटीको गोलपोस्ट सम्हालेको शैलीले समर्थकलाई सिजनका अबका खेल कति रोमाञ्चक हुनेछ भन्ने झल्को दिएको छ ।

“तियानी हाम्रो निम्ति आपत्कालीन खेलाडी हो । उनी सिरी ‘ए’का उत्कृष्ट गोलकिपरहरूमध्येका एक हुन् । उनको आगमनले हाम्रो टोलीलाई विशाल बनाएको छ । हामी यही टोलीलाई मैदानमा उतार्नेछौँ । किनभने, हामीलाई टोलीको साख जोगाउन अप्ठ्यारो हुनसक्छ,” ग्वार्डिओलाले भने ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्