साहित्य
काठमाडौं । साहित्यिक पत्रकार संघ र काठमाडौं–संखुवासभा साहित्य समाजले किशोर श्रेष्ठ ‘आवाज’को पुस्तक ‘म अनि मेरा भोगाइहरू’माथि परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।
सर्जक श्रेष्ठको कृतिमाथि समालोचक डा. शान्तिमाया गिरी र कवि दिलीप श्रेष्ठले समीक्षात्मक मन्तव्य राखे । डा. गिरीले किशोर लिखित आख्यानमा भौगोलिक परिवेश र सांस्कृतिकता खुलेर आएको बताइन् ।
कवि श्रेष्ठले कृतिमा समावेश कवितामा रहेको सांस्कृतिक, सामाजिक चेतको चर्चा गरे ।
कृतिकार श्रेष्ठले आफ्नो सिर्जना यात्राबारे बताए ।
कार्यक्रममा कथाकार जलेश्वरी श्रेष्ठ, राधेश्याम लेकाली, डा. वंशी शर्मालगायत साहित्यकारले बोले ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १६:५७
प्रतिक्रिया दिनुहोस्