site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘कवितामा तिज’ सम्पन्न

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर अनेसास केन्द्रीय महिला समितिले ‘कवितामा तिज’ कार्यक्रम सम्पन्न गरेको छ ।

अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषीको नेतृत्वमा सम्पन्न कार्यक्रममा अनेसासका पूर्वअध्यक्ष गीता खत्री, नाट्य सर्जक अशेष मल्ल, समालोचक लीला लुइँटेल र महेश पौड्यालले तिज पर्वका विषयमा बोले ।

जुमका माध्यमबाट डिजिटली सम्पन्न उक्त कार्यक्रममा कवि प्रभा भट्टराई, भारती शर्मा, सीता पाण्डे, लतिका जोशीलगायत करिब ४० कविले आ–आफ्नो तिज विशेष कवितावाचन गरे ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्