खेल
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले जितका निम्ति १७६ रनको लक्ष्य पाएको छ । डार्विनस्थित टीआईओ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो ।
मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । मेलबर्नका ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन जोडे ।
नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । सोमपाल कामी र शाहब आलमले समान एक/एक विकेट लिए । नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ । रासस
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ ०९:५३
प्रतिक्रिया दिनुहोस्