site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–३, शान्तिपुर बस्ने ६० वर्षीय खीमबहादुर महतको घरमा जुवातास खेलिरहेको अवस्थामा गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ३१५ रूपैयाँ, दुई गड्डी तास र मोबाइल पाँच थानसहित पक्राउ गरेको हो । 

घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २३:०५
प्रतिक्रिया दिनुहोस्