site stats
बाह्रखरी :: Baahrakhari
देश
दिल्लीका सामुदायिक कुकुरहरुको स्वतन्त्रताको लागि नेपालको आवाज

काठमाडौं । भारतको सर्वोच्च अदालतले सबै सडक कुकुरहरुलाई सडकबाट हटाएर स्थायी आश्रयमा राख्न दिएको आदेशको काठमाडौंमा पनि विरोध हुने भएको छ । त्यहाँको अदालतले दिएको आदेशले समुदायमा स्वतन्त्र रुपमा बाँच्ने कुकुरको अधिकार खोसिने भन्दै टीएफसी नेपालको आयोजनामा काठमाडौंमा विरोध हुन लागेको हो ।

टीएफसी सडक कुकुरको उद्धारमा लागेको एक संस्था हो । भारतको अदालतले गरेको आदेशप्रति शुक्रबार काठमाडौंमा रहेको भारतीय दूतावासअघि ध्यानाकर्षण गराउन लागिएको सो संस्थाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्