देश
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
देशका पहाडी भूभागका स्थानहरूमा र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ ०६:५६
प्रतिक्रिया दिनुहोस्