काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा पहिलो जितको खोजीमा रहेको नेपालले आज भुटानको सामना गर्दै छ । नेपाल यसअघि उद्घाटन खेलमा भारतसँग ७–० ले पराजित भएको थियो ।
यता, भुटान पनि पहिलो जितको खोजीमा छ । भुटान यसअघि पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
खेल शुक्रबार नेपाली समयअनुसार भुटानको थिम्पिुस्थित चिङलिमिथाङ रंगशालामा साँझ ५ : ४५ बजे हुनेछ ।
अंक तालिकामा समान तीन अंक जोडे पनि भारत गोल आधारमा शीर्ष स्थानमा छ । बंगलादेश दोस्रो स्थानमा छ ।
अंकविहीन भुटान र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगिता अगष्ट ३० सम्म हुनेछ । प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारतको सहभागिता छ ।
प्रतियोगिता डबल राउन्ड रोबिन पद्दतिअनुसार सञ्चालित छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।