site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फा यू–१६ युथ लिग : प्लानिङको साँघुरो जित

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध ३–२ को साँघुरो जित निकालेको छ । शुक्रबार च्यासल रंगशालामा प्लानिङलाई जित दिलाउन टोलीका ओम खड्का, रविन लुङगेली मगर र दर्शन केसीले गोल गरे । 

जवाफमा सातदोबाटोका अश्विन पौडेल, डेभिट शिवाकोटीले समान एक गोल फर्काए । प्लानिङले सबै गोल पहिलो हाफमा गरेको हो भने सातदोबाटोले दुवै गोल दोस्रो हाफमा फर्काएको थियो । 

खेलको १८औँ मिनेटमा ओमले प्लानिङलाई अग्रता दिलाइन् । २०औँ मिनेटमा रविनले अग्रतालाई दोब्बर बनाए । ३६औँ मिनेटमा दर्शनले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याए । ५३औँ मिनेटमा सातदोबाटोका अश्विनले गोल गर्दै टोलीलाई १–३ को अवस्थामा ल्याए । ८१औँ मिनेटमा सातदोबाटोका डेभिटले गोल गर्लै टोलीलाई २–३ को अवस्थामा राखे । 

यो जितसँगै प्लानिङले लिगमा १० अंक बनाएको छ । प्लानिङले १४ खेल खेल्दा तीन जित, एक बराबरी र १० हारबाट यो नतिजा आत्मसाथ गरेको हो । पराजित सातदोबाटोले भने १४ खेल खेलिसक्दा पनि खाता खोल्न सकेको छैन ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्