खेल
काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एन्फा यू–१६ युथ लिगमा भगवती क्लबविरुद्ध १–० को कठिन जित निकालेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा मनाङको जितमा टोलीका विवेक मगर निर्णायक बने । विवेकले दिलाएको अग्रता अन्तिम मिनेटसम्म रक्षा गर्दै मनाङले जित पक्का गरेको हो । खेलको पाचौँ मिनेटमा विवेकले अग्रता दिलाएका थिए ।
जितसँगै मनाङले लिगमा ३१ अंक बनाएको छ । शीर्ष टोली पुलिससँग दुई अंकले पछि परेको मनाङले १४ खेलमा ९ जित, चार बराबरी र एक हारसहित यो नतिजा हासिल गरेको हो ।
पराजित भगवती १४ अंकमा सीमित छ । अंक तालिकाको १०औँ स्थानमा रहेको भगवतीले १४ खेल खेल्दा चार जित, दुई बराबरी र आठ हारबाट १४ अंक बनाएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ १८:१३
प्रतिक्रिया दिनुहोस्