site stats
बाह्रखरी :: Baahrakhari
देश
इलाममा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । इलाममा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–९, बरबोटेका २२ वर्षीय अमित गुरुङ छन् ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (भदौ ६) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमितले किशोरीको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्