site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षक अनावश्यक आन्दोलनमा उत्रिए : मन्त्री पन्त
रघुजी पन्त । फाइल तस्बिर ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सामुदायिक विद्यालयका शिक्षक अनावश्यक आन्दोलनमा उत्रिएका बताएका छन् । शिक्षकका ९० प्रतिशत माग विद्यालय शिक्षा विधेयकमा समेटिएको उनले जिकिर गरे ।

“सबै माग त कसरी सम्बोधन गर्न सकिन्छ ? शिक्षकसँग भएका सहमति ९० प्रतिशत विधेयकमा समेटिएको छ,” उनले बाह्रखरीसित भने, “शिक्षकले अहिले गरिरहेको आन्दोलन अनावश्यक हो ।”

शिक्षकका नेताले राजनीति गर्न खोजेको उनले आरोप लगाए । “नेता बनेकालाई आफ्नो समर्थन घट्छ कि भन्ने डर छ । त्यसैले कुनै समूहले एउटा विषयमा असन्तुष्ट जनाउँदैमा महासंघ आन्दोलनमा उत्रिहाल्छ,” उनले भने ।

संसद्‌मा पेस गरिएको विधेयक अब अघि बढाइने उनले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्