site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ पुरुष च्याम्पियनसिप : बन्द प्रशिक्षणमा अब ३५ खेलाडी
फाइल तस्बिर ।

काठमाडौं । श्रीलंकामा आयोजना गरिने साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बन्द प्रशिक्षणमा अब ३५ खेलाडी छन् । सोमबार (भदौ ९) नेपाली टोलीका मुख्य प्रशिक्षक सञ्जित श्रेष्ठले ४५ खेलाडी सम्मिलित बन्द प्रशिक्षणबाट ३५ मा घटाएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ती खेलाडीहरूको नाम पनि सार्वजनिक गरेको छ । बन्द प्रशिक्षणमा बाँकी खेलाडीमा समीर कुमार, नीसकुमार श्रेष्ठ, गोविन्द श्रेष्ठ, पेम्बा तामाङ, दिग्विजय शाही, क्रिस भण्डारी, श्रीजन श्रेष्ठ, प्रतीक्षा थापा, निश्चल मगर, योहान लिम्बू, अनोज खड्का, सुशान्त राना, राम थामी, प्रशान्त लिम्बू, अनमोल कार्की, युनिस बस्नेत, नशिब हेञ्जन, भुपेश लामा, लक्ष्मण थामी, दिपेन कार्की, आदित्य रानामगर, प्राशान्त मोक्तान, धीरज रावल, मौसल रोकाया, विनय थारु, सुशान मगर, भुवन कामी, सुजन स्याङताङ, रोहित श्रेष्ठ, पेम्बा नेर्वु भोट, राम बोहोरा, दिप्सन परियार र विशेष बानियाँ रहेका एन्फाले जनाएको छ ।

प्रतियोगिता यही भदौ ३० देखि असोज ११ गतेसम्म आयोजना गरिनेछ । नेपाल समूह ‘ए’मा छ । समूहमा नेपालसँगै श्रीलंका र बंगलादेश छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्