काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१३, आर्वामा सोमबार (भदौ ९) दिउँसो एउटा यात्रीवाहक बस दुर्घटना भएको छ ।
आर्वा मणीदीपबाट काहुँखोलातर्फ आउँदै गरेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटना हुँदा २३ जना घाइते भएका स्थानीयले बताएका छन् । बस दायाँतर्फको भित्तामा धस्सिएको छ ।
दुर्घटनामा पोखरा–१३ का २० वर्षीया अञ्जली परियार, ३२ वर्षीया अनिता सापकोटा, ६५ वर्षीया अम्बिका बराल, ३० वर्षीया सुरमा परियार, नौ वर्षीया सुप्रिया परियार, २५ वर्षीया कविता पाण्डे, ६५ वर्षीया मनशोभा परियार घाइते भएका छन् ।
यस्तै, ५२ वर्षीया कोपिला बराल, ६२ वर्षीय टंकप्रसाद देवकोटा, ४६ वर्षीय चन्द्रबहादुर आले, ३२ वर्षीय मधु अधिकारी, ३७ वर्षीय चन्द्र पराजुली, १५ वर्षीया सिम्रन बराल, ४४ वर्षीया मनमाया सुनार, १० वर्षीय एञ्जल परियार, ४० वर्षीया नानुमाया परियार, २३ वर्षीया रचना बराल घाइते छन् ।
घाइते हुनेमा ६ वर्षीय दिव्यान बराल, ४६ वर्षीय शरद बराल, ३४ वर्षीया पार्वती बराल, ७० वर्षीय पदमराज बराल र ५५ वर्षीया जमुना बराल पनि छन् । दुर्घटनामा बसका चालक ४२ वर्षीय तेजबहादुर मगर समेत घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था ‘मध्यम’ छ । अरू घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।
घाइतेमध्ये चन्द्र, सिम्रन, मनमाया, तेजबहादुर, कविता, एञ्जल, नानुमाया, रचना, दिव्यान, शरद र पदमराज उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । अरू घाइतेको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी)मा भइरहेको जनाइएको छ ।