site stats
बाह्रखरी :: Baahrakhari
देश
कवाड व्यवसायीले घेरे काठमाडौं महानगर, पाँचबुँदे माग

काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका छन् । 

संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले सोमबार काठमाडौंको कमलादीस्थित काठमाडौं महानगरको कार्यालयबाहिर नाराबाजीसहित धर्ना दिएका थिए । 

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने समेत उनीहरूको माग छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्