site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा भारी वर्षा, आकस्मिक बहाब बढ्न सक्ने

काठमाडौं । झापामा बुधबार (भदौ ११) बेलुका भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा शनिश्चरे वर्षा मापन केन्द्र र आसपास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाब बढ्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

"पछिल्लो ३ घण्टामा झापा जिल्लास्तिथ शनिश्चरे वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाब बढ्न सक्ने रहेको हुँदा सतर्कता अपनाइराखौँ," विभागले जारी गरेको सूचनामा उल्लेख छ ।  

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्