site stats
बाह्रखरी :: Baahrakhari
खेल
मेसीप्रेरित मियामी लिग्स कपको फाइनलमा

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेसीप्रेरित इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदान चेसमा मियामीले १० खेलाडीमा सीमित ओर्लान्डो सिटीविरुद्ध ३–१ को पुनरागमन जित निकालेको हो ।

इन्टरलाई जिताउन मेसीले दुई गोल गरे । अर्को एक गोल टेलास्को सेगोभियाले गरे । त्यसअघि, पहिलो हाफको इन्ज्युरी समयमा मार्काे पालासिकले गोल गर्दै भ्रमणकारी टोली ओर्लान्डोलाई अग्रता दिलाएका थिए ।

अघिल्लो खेलमा घाइते भएपछि विश्राम लिएका मेसी ओर्लान्डोविरुद्ध पहिलो रोजाइमै मैदान उत्रिएका थिए ।

मियामी पहिलो हाफको अन्त्यमा एक गोलले पछि परेको थियो । ७७औँ मिनेटमा मियामीले बराबरी गोल गरेको थियो । मेसीले प्राप्त पेनाल्टी सदुपयोग गरेका हुन् । पाहुना टिमका डेविड ब्रेकालोले मियामीका खेलाडीलाई बक्सभित्र लडाएपछि मियामीले पेनाल्टी पाएको थियो ।

मेसीले ८८औँ मिनेटमा अर्को गोल गर्दै घरेलु टोलीलाई २–१ ले अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा सेगोभियाले गोल गर्दै मियामीलाई ३–१ को अग्रता दिलाएका थिए । 

त्यसअघि, खेलको ७५औँ मिनेटमा डेविड ब्रेकालोले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि ओर्लान्डो १० खेलाडीमा समेटिएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्