site stats
बाह्रखरी :: Baahrakhari
देश
नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ‘ह्याक’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ‘ह्याक’ भएको छ ।

यसअघि उक्त साइटमा ‘ह्याक’ भएको उल्लेख गरिएको थियो भने अहिले साइटमा ‘ह्याक’ उल्लेख नगरी ‘पेज नट फाउन्ड’ लेखिएको छ ।

हवाई कम्पनीहरुको नियमनकारी निकायकै वेबसाइट ह्याक हुनु गम्भीर विषय भएको एक जानकारको टिप्पणी छ । तर प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले ह्याक भएको नभइ ‘अन्डर मेन्टिनेन्स’ भइरहेको प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्