site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा (एमाले)को पार्टी कार्यालयमा धर्ना दिएको छ । आज महासंघको टोली ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा दुई घण्टा धर्ना दिएको हो ।

धर्नापछि महासंघले एमालेका महासचिव शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

यसअघि, महासंघले बुधबार सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । शुक्रबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम छ ।

प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा आफूहरूका माग समेट्नुपर्ने उनीहरूको माग छ ।

विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको छ ।

हेर्नुहोस् तस्बिर

 

Teacher-Protest-in-UML-(9)-1756366963.jpg

Teacher-Protest-in-UML-(5)-1756366961.jpg

Teacher-Protest-in-UML-(8)-1756366962.jpg

Teacher-Protest-in-UML-(7)-1756366962.jpg

Teacher-Protest-in-UML-(4)-1756366960.jpg

Teacher-Protest-in-UML-(6)-1756366961.jpg

Teacher-Protest-in-UML-(1)-1756366965.jpg

Teacher-Protest-in-UML-(2)-1756366959.jpg

Teacher-Protest-in-UML-(3)-1756366959.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्