site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षा विधेयक : भदौ १८ देखि निजी विद्यालय बन्दको चेतावनी
फाइल तस्बिर ।

काठमाडौं । प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले यही भदौ १८ गतेदेखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । निजी विद्यालयका छाता संगठनका पदाधिकारीहरूले बिहीबार (भदौ १२) संयुक्त विज्ञप्ति जारी गरी विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग सरकारले सुनुवाइ नगरे विद्यालय बन्दको चेतावनी दिएका हुन् ।

“भदौ १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनुवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्द घोषणासम्मको कार्यक्रम गर्ने,” विज्ञप्तिमा उल्लेख छ ।

निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजाने, आवासीय सुविधासहितको पूर्ण छात्रवृत्ति दिनुपर्नेलगायत विषयमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालक आन्दोलनमा उत्रिएका छन् ।

विज्ञप्ति पढ्नोस्–

afdskgm-1756372671.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्