site stats
बाह्रखरी :: Baahrakhari
देश
आशिका तामाङ जेल बस्नु नपर्ने

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुईजनालाई बिहीबार पाँच दिनको कैद सजाय सुनाएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गर्न नहुने अभियोगमा दाबी पुगे फैसला गरेको हो ।

आशिका अब जेल बस्नु नपर्ने भएको छ । पहिले नै पाँच दिन थुनामा बसेका कारण जेल अब जेल बस्नु नपर्ने भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । "आशिका तामाङ पहिले नै पाँच दिन थुनामा बसेका कारण अब जेल बस्नु पर्दैन," उनले भने । 

साँगामा रहेको झोलुंगे पुलमा रकम उठाएको भन्दै तामाङले त्यहाँ रहेको सूचना च्यातेकी थिइन् । त्यही विषयमा उनीविरुद्ध मुद्दा परेको थियो । सोही मुद्दाको फैसला गर्दै अदालतले तामाङ र शरण तिरुवालाई पाँच–पाँच दिनको कैद सजाय सुनाएको थियो ।

सूचना अधिकारी हिरा भण्डारीले दिएको जानकारीअनुसार तामाङसहित दुईजनालाई पाँच दिन जेल सजाय र पाँच सय जरिवाना तोकिएको थियो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्