site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीले बगाउँदा बालिकाको मृत्यु
फाइल तस्बिर ।

भक्तपुर । सूर्यविनायक नगरपालिका–८, आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको शाखापुरी बल्बी खोलामा आएको बाढीले बगाउँदा  बालिकाको मृत्यु भएको छ ।

भैँसी चराउन गएको बेला खोलाको बाढीले बगाउँदा नैचालकी नौ वर्षीया रसमु तामाङको मृत्यु भएको हो । तामाङको शव पनौतीस्थित रोशी भूमिडाँडामा फेला परेको सूयविनायक नगरपालिकाका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

भैँसी चराउन उनी दिदी संगीताका साथमा गएकी थिइन् । रसमुलाई खोला तर्ने क्रममा बाढीले बगाएको वडाध्यक्ष बस्नेतले बताए । सूर्यविनायकस्थित रणशेर ब्यारेकको नेपाली सेनाको उद्धार टोली तथा प्रहरी बृत्त जगातीको प्रहरी टोलीले खोजी गर्दा उनको शव रोशी भूमिडाँडामा फेला परेको हो । रासस

 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्