site stats
बाह्रखरी :: Baahrakhari
देश
अरनिको पाँडेविरुद्धको मुद्दा अदालत पुग्यो

काठमाडौं । साइबर अपराध कसुरमा पक्राउ परेका अरनिको पाँडेविरुद्धको मुद्दा अदालतमा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्यसमेत रहेका डा. पाँडेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार मुद्दा दर्ता गराएको हो ।

पाँडेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायधीस ध्रुवराज कार्कीको इजलासमा परेको छ । बुधबार पाँडे आफैँ प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका थिए ।

उनीमाथि एक महिलाले चरित्रहत्या हुने खालको शब्दहरू प्रयोग गरेर इमेल तथा ह्वाट्सएपमार्फत पठाएको भन्दै जाहेरी दिएकी थिइन् । सोही आधारमा ब्युरोको टोलीले उनीमाथि भदौ ९ गते पक्राउ अनुमिति मागेको थियो ।

बुधबार नै साइबर अपराध कसुरमा नेकपा एमालेका नेता ऐन महरसमेत पक्राउ परेका थिए । तर, महर भने सोही दिन सरकारी वकिल कार्यालयबाट नै थुनामुक्त भएका थिए । पाँडेलाई मात्रै थुनामा राखेको भन्दै प्रहरीको चौतर्फी आलोचना भएको छ । 
 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्