site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ च्याम्पियनसिप : भारतको सामना गर्दै नेपाल

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै छ ।

खेलमा नेपाल भारतविरुद्ध पहिलो जितको निम्ति चुनौती पेस  गर्नेछ । भारतले यसअघि पहिलो चरणमा नेपाललाई ७–० ले पराजित गरेको थियो । 

प्रतियोगितामा अपराजित रहेको भारत १२ अंकका साथ शीर्ष स्थानमा छ । उसले प्रतियोगिताको पहिलो खेलमा नेपाललाई ७–०, दोस्रो खेलमा बंगलादेशलाई २–०, तेस्रो खेलमा भुटानलाई ८–० र चौथो खेलमा पुनः भुटानलाई ५–०ले पराजित गरेको थियो ।

खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयअनुसार ५ : ४५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता छ । डबल राउन्ड रोबिन पद्दतीअनुसार सञ्चालित प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ । प्रतियोगिता अगष्ट ३१ सम्म सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्