site stats
बाह्रखरी :: Baahrakhari
खेल
आसामविरुद्ध नेपाल ‘ए’ले दियो १७४ रनको लक्ष्य

काठमाडौं । भारतको राज्य टोली आसामविरुद्धको दोस्रो खेलमा नेपाल ‘ए’ले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार गुवाहिटीमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको हो । 

नेपालका सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे । पवन सराफ र ओपनर देव खनालले भने समान ३१ रन थपे । 

बसिर अहमदले १६ बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए । आक्रामक ब्याटिङ गरेका विवेक यादवले आठ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे । आदील आलम अन्सारीले १४ रन बनाए । 

आसामका आकाश सेन गुप्ताले तीन विकेट लिए । अभिनव चौधरीले दुई विकेट लिँदा आशुष्मान मालाकार र अभिलाश गोगोईले समान एक विकेट लिए । 

पाँच खेलको शृंखलामा नेपाल १–० ले पछि छ । नेपाल यसअघि पहिलो खेलमा डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार १५ रनले पराजित भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्