काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बन्द प्रशिक्षण ३० खेलाडीमा घटुवा गरिएको छ ।
शुक्रबार नेपाली राष्ट्रिय यू–१७ टोलीका मुख्य प्रशिक्षक सञ्जित श्रेष्ठले ३५ खेलाडी सदस्यीय बन्द प्रशिक्षणलाई ३० खेलाडीमा घटुवा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार नै खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ । यसअघि प्रशिक्षक श्रेष्ठले ४५ सदस्यीय बन्द प्रशिक्षण ३५ खेलाडीमा घटुवा गरेका थिए ।
एन्फाका अनुसार, प्रशिक्षणमा गोलकिपरमा पेम्बा नोर्बु भोटे, राम बोहोरा र विशेष बानियाँ छन् ।
त्यसैगरी रक्षकमा अनोज खड्का, समर्पन सुनार, दिपेन कार्की, प्रशान्त मोक्तान, धिरन रिजाल, मौसम रोकाया, आदित्य रानामगर र भुवन कार्की छन् ।
त्यसैगरी, मिडफिल्डरमा प्रतीश थापा, निश्चल मगर, युनिस बस्नेत, नसिब हेञ्जन, भुपेश लामा, विनायक थारु, क्रिष्थ भण्डारी, अनमोल कार्की, प्रशान्त मेयांबो, राम थामी, लक्ष्मण थामी, श्रीजन श्रेष्ठ र सुशन थापा मगर छन् ।
त्यसैगरी फरवार्डमा समीर कुमार, निश कुमार श्रेष्ठ, दिगविजय शाही, पेम्बा तामाङ, सुजन स्याङताङ र रोहित श्रेष्ठ छन् ।
प्रतियोगितामा आगामी भदौ ३० देखि साउन ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल समुह ‘ए’ छ । समूहमा नेपालसँगै श्रीलंका र बंगलादेश छन् ।