site stats
बाह्रखरी :: Baahrakhari
देश
यस्तो हुनेछ आगामी २४ घण्टाको मौसम
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंलगायत केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो देशका विभिन्न स्थानमा वर्षा हुनेछ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ । वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थानको आसपासमा रहेको विभागले बताएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्