site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज (भदौ १५) पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन सिन्धुपाल्चोक, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

पर्सा, बारा, दोलखा, काठमाडौं, भक्तपुर र ललितपुर भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।

प्रमुख नदीहरूमा भने बाढीको न्यून जोखिमको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्