site stats
बाह्रखरी :: Baahrakhari
खेल
चर्च ब्वाइज र मनाङले अंक बाँडे

काठमाडौं । एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दीले अंक बाँडेका छन् । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेल १–१ को बराबरीमा टुंगिएको हो ।

खेलको १०औँ मिनेटमा मनाङका रोहन थापा मगरले टोलीलाई अग्रता दिलाएका थिए । तर, मनाङले अग्रता लामो समयसम्म जोगाउन सकेन । खेलको ३७औँ मिनेटमा चर्च ब्वाइजका सौगात  राईले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । 

लिगमा मनाङको पाँचौँ बराबरी हो । बराबरीसँगै ३५ अंक जोडेको मनाङले लिगमा १६ खेल खेलेको छ । जसमा १० जित, पाँच बराबरी र एक हार बेहोरेको छ ।

यसअघि, मनाङले मच्छिन्द्र र एपीएफसँग १–१ र पुलिस र न्युरोड टिम (एनआरटी)सँग गोलरहित बराबरी खेलेको थियो ।

यता, चर्च ब्वाइजको पाँचौँ बराबरी हो । चर्च ब्वाइजले १६ खेल खेल्दा २९ अंक जोडेको छ । चर्च ब्वाइजले आठ जित, चार बराबरी र तीन हार बेहोरेको छ ।

चर्च ब्वाइजले यसअघि मच्छिन्द्र, न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्ससँग १–१ को बराबरी खेल्दा संकटासँग २–२ को बराबरी खेलेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्