site stats
बाह्रखरी :: Baahrakhari
खेल
अग्रता जोगाउन नसक्दा रोकियो बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले अंक बाँडेको छ । आइतबार राति रायो भालेकानोविरुद्ध १–१ को बराबरी खेल्दै बार्सिलोनाले अंक बाँडेको हो ।

स्टाडियो डे भालेकाजमा बार्सिलोनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । ४०औँ मिनेटमा युवा फरवार्ड लामिन यमलको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो ।

तर, ६७औँ मिनेटमा फ्रान्ज परेजको गोलमा घरेलु टिम खेलमा फर्कियो । त्यसपछि थप गोल भएन ।

जारी सिजन तेस्रो खेल खेलेको बार्सिलोनाको यो पहिलो बराबरी हो । तीन खेलबाट सात अंक जोडेको हेन्सी फ्लिकको यो टिम तालिकाको चौथो स्थानमा छ । समान खेलबाट चार अंकको भालेकानो १०औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्