खेल
काठमाडौं । लिग्स कपको फाइनलमा मेजर सकर लिग (एमएलएस)को टोली इन्टर मियामीले ३–० को हार व्यहोरेको छ । सोमबार बिहान भएको फाइनलमा मियामीलाई सिटल साउन्डर्सले ३–० ले हराएको हो ।
लुमेन फिल्डमा साउन्डर्सलाई जित दिलाउन ओसाजे डे रोसारियो, एलेक्स रोल्डान र पाउल रुथरकले गोल गरे । साउन्डर्सले पहिलो हाफमा एक गोल गरेको थियो । दोस्रो हाफमा दुई गोल थपेको हो ।
खेलको २६औँ मिनेटमा रोसारियोको गोलमा साउन्डर्सले अग्रता बनाएको थियो । ८४औँ मिनेटमा रोल्डानले अग्रता दोब्बर बनाए । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रुथरकले गोल गरेपछि लियोनल मेसीको कप्तानीमा रहेको मियामीविरुद्ध साउन्डर्सले सहज जित निश्चित गरेको हो ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२ १०:३२
प्रतिक्रिया दिनुहोस्