काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार (भदौ १६) बेलुका मध्यम वर्षा भएको छ । पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकस्थित मानेखार्क वर्षा मापन केन्द्रमा मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, थप वर्षाको सम्भावना छ । स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
"पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकस्थित मानेखार्क वर्षा मापन केन्द्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकोले, सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाइराखौँ," विभागले सोमबार बेलुका जारी गरेको सूचनामा भनिएको छ ।